विद्युतीय धरापमा परेर महिलाको मृत्यु

हिमाल प्रेस १९ भदौ २०८० ८:२१
4
SHARES
विद्युतीय धरापमा परेर महिलाको मृत्यु

धनगढी- विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षीया मञ्जु कुँवरको सोमबार राति ११ बजेतिर धरापमा परेर मृत्यु भएको वडाध्यक्ष राजबहादुर ऐरले जानकारी दिए।

गौरीफन्टा नाकामा मजदुरी गरेर घर फर्कने क्रममा उनी धरापमा परेकी थिइन्। उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रकाशित: १९ भदौ २०८० ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =