अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकासका लागि धनगढी उपमहानगरको निर्देशन

हिमाल प्रेस ९ साउन २०८० १०:०६
10
SHARES
अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकासका लागि धनगढी उपमहानगरको निर्देशन

धनगढी- धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका सामादायिक विद्यालयका शिक्षकहरुलाई अवकास दिन निर्देशन दिएको छ।

धनगढी उपमहानगरपालिकाका १३ ओटा सामुदायिक विद्यालयलहरुलाई पत्र पठाउँदै अध्यापन अनुमति पत्र नभएका शिक्षक नियुक्ति गर्ने कार्य शिक्षा ऐन विपरीत भएकाले त्यस्ता शिक्षकलाई प्रक्रिया पुर्‍याएर अवकास दिन निर्देशन दिएको हो।

विद्यालयमा शिक्षा ऐन कानुन विपरीत अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा त्यस्ता व्यक्तिलाई नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी अवकास गरेर शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली र यस कार्यालयलाई तत्काल जानकारी गराउनु हुन अनुरोध छ ‘अब उप्रान्त शिक्षा सम्वद्ध ऐन कानून र प्रचलित नेपाल कानुन विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ।’

धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा जारी पत्रमा भनिएको छ।

 

प्रकाशित: ९ साउन २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =