कांग्रेसलाई एमालेको जवाफ- व्यक्तिलक्षित संसदीय समिति बनाउन सम्भव छैन

हिमाल प्रेस २५ वैशाख २०८१ १५:३८
20
SHARES
कांग्रेसलाई एमालेको जवाफ- व्यक्तिलक्षित संसदीय समिति बनाउन सम्भव छैन महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेले व्यक्तिलक्षित संसदीय समिति बनाउने कुरा सम्भव नरहेको बताएको छ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठकपछि एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका हुन्।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्रै लक्षित गरेर कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको र त्यो माग सम्बोधन नहुने बताए। उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए।

प्रमुख सचेतक बर्तौलाले अरुलाई निषेध गर्ने तरिकाबाट प्रस्तुत हुने कुरा राम्रो नहुने बताए। उनले बैठकले आगामी संसदको बैठकका विषयमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि बताए।

प्रमुख सचेतक बर्तौलाले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपबारे संसदमा एमालेले सत्यतथ्य जान्न र सुन्न चाहेको बताए।

प्रकाशित: २५ वैशाख २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =