कांग्रेसको प्रश्न : गृहमन्त्री संविधान र कानुनभन्दा माथि हो?

हिमाल प्रेस २५ वैशाख २०८१ १४:५६
16
SHARES
कांग्रेसको प्रश्न : गृहमन्त्री संविधान र कानुनभन्दा माथि हो? रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने देशको संविधानभन्दा माथि हो भन्दै प्रश्न गरेको छ।

मंगलबार सिंहदरबारमा सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसित कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि प्रश्न उठाइएपश्चात् संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिएको बताए।

‘गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ। राजीनामा मागेका छैनौँ,’ उनले भने, ‘प्रश्न उठेपछि छानबिन हुनुपर्छ। सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ।’

रास्वपा संसदीय दलको मंगलबारै बसेको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिकेन्द्रित छानिबन समिति मान्य नहुने निर्णय गरेको थियो। सोही विषयमा लेखकले भने, ‘कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ?’

समग्रमा सहकारीमा भएको अपचलन, ठगी, दुरुपयोगको अनुसन्धान गर्नु हुँदैन भन्ने आफूहरूको धारणा नरहेको लेखकले बताए। तर, व्यक्तिमाथि प्रश्न उठाइएपछि त्यसको छानबिन गरिनुपर्ने उनले बताए।

प्रकाशित: २५ वैशाख २०८१ १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =