ईसीडी शिक्षकद्वारा पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक र शिक्षक निर्देशिका माग

हिमाल प्रेस २२ वैशाख २०८१ १९:३३
1.7k
SHARES
ईसीडी शिक्षकद्वारा पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक र शिक्षक निर्देशिका माग

काठमाडौँ- सुर्खेतका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)ले पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक र शिक्षक निर्देशिका माग गरेका छन्।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजना तथा शिक्षा विकास तथा समन्वय एकाईको समन्वयमा वीरेन्द्र नगरपालिका–६ जन उच्च माविमा भएको प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रम प्रवोधिकरण कार्यशालामा सहभागी ईसीडी शिक्षकले केन्द्रका प्रतिनिधिसामु उक्त माग गरेका हुन्।

कार्यशालामा सहभागी ईसीडी शिक्षक निर्मला सुवेदीले भनिन्,‘पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक र शिक्षक निर्देशिका चाहिन्छ भनेका छौं। उहाँहरू सकारात्मक हुनुभएको छ।’

कार्यशालाबाट पाठ्यक्रमअनुसार कसरी शिक्षण गर्ने, दैनिक कार्यतालिकाअनुसार कसरी कक्षा सञ्चालन गर्ने, बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक तथा सामाजिक विकासलाई कसरी विकास गर्ने भन्ने ज्ञान पाइएको सुवेदीले बताइन्।

दुई दिनसम्म चलेको कार्यशालामा वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाका २७ जना ईसीडी शिक्षक सहभागी थिए।

पाठ्यक्रम विकास केन्द्रले ईसीडी शिक्षकका लागि यस्तो कार्यशाला ७५३ वटै पालिकामा पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: २२ वैशाख २०८१ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =