विद्यालय प्रशासन, ईसीडी शिक्षक र करार कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम

हिमाल प्रेस ७ जेठ २०८३ १५:१४ | Thursday, May 21, 2026
विद्यालय प्रशासन, ईसीडी शिक्षक र करार कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम

विराटनगर- शिक्षा विकास तथा समन्वय एकाइ मोरङले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय प्रशासन तथा लेखा कर्मचारी, अस्थायी करार कर्मचारी, प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) का सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका परिचालिका तथा सहयोगीहरूको अवकाश उमेर ६० वर्ष कार्यान्वयन गर्न स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ।

एकाइ प्रमुख शालिग्राम दाहाल (उपसचिव) द्वारा जारी पत्रअनुसार सर्वोच्च अदालतले २०८२ पुस २८ गते ०७२-WO-०८८० तथा २०८१ पुस १७ गते ०७८-WO-०८६० सम्बन्धी निवेदन खारेज गरेपछि अवकाश उमेरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न भनिएको हो।

पत्रमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुर को च.नं. ७४, मिति २०७८ असोज १९ गतेको पत्रलाई समेत आधार मान्दै सामुदायिक विद्यालयमा कार्यरत गैरशिक्षक कर्मचारी तथा सम्बन्धित जनशक्तिको ६० वर्ष उमेर हद लागू गर्न र गराउन अनुरोध गरिएको उल्लेख छ।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङले जिल्लाका सबै स्थानीय तह तथा सामुदायिक विद्यालयलाई केन्द्रबाट प्राप्त निर्देशनसमेत संलग्न गरी आवश्यक कार्यान्वयनका लागि पत्राचार गरेको जनाएको छ।

यस निर्णयसँगै मोरङ जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत प्रशासनिक, लेखा, करार तथा बालविकास एवं सामुदायिक सिकाइ केन्द्रका जनशक्तिको सेवाअवधि व्यवस्थापनमा स्पष्टता आएको छ।उनीहरूले जीवनको ऊर्जाशील उमेर विद्यालयमा बिताएर रित्तो हात फर्कनुपर्ने बाध्यता रहेको बताएका छन्।

सरकारले विद्यालय कर्मचारी, ईसीडी शिक्षकलाई हालसम्म पेन्सन तथा उपदानको व्यवस्था गरेको छैन।

केन्द्रले सार्वजनिक गर्‍यो ईसीडी सिकाइ प्रतिवेदन

प्रकाशित: ७ जेठ २०८३ १५:१४ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast