बझाङमा उत्साहपूर्वक मतदान हुँदै

हिमाल प्रेस १५ वैशाख २०८१ ८:१७
बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ- बझाङ प्रतिनिधिसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्।

निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए।

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ।

प्रकाशित: १५ वैशाख २०८१ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =