बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता

हिमाल प्रेस १७ वैशाख २०८१ ६:३१
2
SHARE
बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता

काठमाडौँ- बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ।

नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन्।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन्। उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता ल्याएको थियो।

तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन्।

राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =