बाँसबारी छालाजुत्ता प्रकरण : व्यवसायी अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्ने तयारीमा सीआईबी

हिमाल प्रेस २१ माघ २०८० १७:१३
24
SHARES
बाँसबारी छालाजुत्ता प्रकरण : व्यवसायी अरुण चौधरीलाई दोस्रोपटक म्याद थप्ने तयारीमा सीआईबी

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गैरकानुनी रुपमा कारखानाको जग्गा आफ्नो बनाएको आरोपमा पक्राउ गरेको थियो। प्रहरीले उनलाई माघ १८ मा पक्राउ गरी सोही दिन जिल्ला अदालतबाट चार दिनको म्याद लिएर थुनामा राखेर बयान लिइरहेको छ।

प्रहरीले सरकारी वकिलको कार्यालयकै प्रतिनिधिकै उपस्थितिमा सीआईबीले चौधरीको बयान लिइरहेको छ। उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि बयान लिन लिएको चार दिनको म्याद आज सकिएको छ। तर, प्रहरीले उनीसँग अनुसन्धानका लागि बयान लिइरहनु पर्ने भन्दै फेरि अदालतबाट म्याद लिने तयारी गरेको छ। सीआईबीले उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

‘कानुनअनुसार कामकारबाही भइरहेको छ। आवश्यकता हुँदा कानुनअनुसार नै थप म्याद लिएर अनुसन्धान हुन्छ। म्याद थपको प्रक्रिया भोलि अघि बढ्छ’ सीआईबीका प्रवक्ता नवराज अधिकारीले हिमालप्रेससँग भने।

सीआईबीले अरुणसहित तत्कालीन बासवारी जुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक महोत्तरीका सन्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अहिले उनीहरू प्रहरी थुनामा नभई प्रहरीकै निगरानीमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा छन्।

अनुसन्धानको क्रममा चौधरीले इन्कारी बयान दिइरहेको प्रहरीले बताएको छ। चौधरीले आफूले गैरकानुनी तबरले सरकारी जग्गा नलिएको र गलत भएको भए आफ्नो नाममा भएको जग्गा तत्कालै फिर्ता गर्न आफू तयार भएको पनि बताएका छन्।

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान लिन थालियाे

संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो

सीआईबीले भन्यो : चौधरी समूहले १२ लाख ५० हजारको सम्झौता गरेर २६ लाख लगानी गरेको पाइयो

उद्योग वाणिज्य महासंघले पनि गर्‍यो चौधरी पक्राउको विरोध

अरूण चौधरी पक्राउपछि व्यापारीको चेतावनी : स्वदेशी लगानीकर्ता बाहिरिने अवस्था नआओस्

बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =