बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

हिमाल प्रेस १८ माघ २०८० १६:५६
20
SHARES
बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो फाइल तस्बिर

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको छ।

चौधरीसहित यस प्रकरणमा तीनजना पक्राउ परेका छन्। जसमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो।

सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।

चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको र त्यसमा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापाको मिलोमतो रहेको उनीहरूमाथि आरोप छ।

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ

प्रकाशित: १८ माघ २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =