अरूण चौधरी पक्राउपछि व्यापारीको चेतावनी : स्वदेशी लगानीकर्ता बाहिरिने अवस्था नआओस्

हिमाल प्रेस १८ माघ २०८० १८:४०
66
SHARES
अरूण चौधरी पक्राउपछि व्यापारीको चेतावनी : स्वदेशी लगानीकर्ता बाहिरिने अवस्था नआओस्

काठमाडौँ- उद्योगी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन्। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनको पूर्वसन्ध्यामा व्यवसायीलाई धरपकड गर्दा स्वदेशी व्यवसायी नै पलायन हुने अवस्था आउने चेतावनी दिएका हुन्।

सीजी होल्डिङका अध्यक्ष तथा ग्रुपका प्रबन्ध निर्देशक अरूण चौधरीलाई सरकारले पक्राउ गरेको भन्दै निजी क्षेत्रले गरेको पत्रकार सम्मेलनमा उनले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा यस्तो वातावरणले विदेशी लगानी नभित्रिने बताएका हुन्।

‘एकातिर लगानी सम्मेलन तयारी गर्ने, अर्काेतिर व्यावसायीलाई धरपकड गर्ने? यस घटनाले विदेशी लगानीकर्ता भित्रिनेभन्दा पनि स्वदेशी लगानीकर्ता नै पलायन हुने आशंका उब्जाएको छ,’ उनले भने, ‘पक्राउ गर्न नै नपाउने भन्ने होइन। तर, कुनै सूचना नदिएर पक्राउ गर्नु, अथवा जुन हिसाबले धरपकड गरियो, त्यो विषय हाम्रो अब्जेक्सन हो।’

पत्रकार सम्मेलनमा सहभागी व्यवसायीहरूले व्यवसायीलाई कुनै जानकारी नदिई अपराधीजस्तो बर्सौं अगाडि कुरामा पक्राउन गर्नु गलत भएको बताएका थिए। व्यापारीले देशमा लगानी गरेको भन्दै दोषी नठहरिएसम्म थुनामा राख्न नहुने बताएका थिए। प्रहरीले चौधरीमाथि थप अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद पनि लिइसकेको छ।

त्यस्तै  परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले दोषी ठहर नभएसम्म पक्राउ गर्न नहुने बताए।  उनले भने, ‘व्यापारी होस् वा कुनै व्यक्ति जबसम्म दोषी ठहर हुँदैन, तबसम्म धरपकड गर्न हुँदैन। सरकारको यस्तो निर्णयले समस्या निम्त्याउँछ।’

 

बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

प्रकाशित: १८ माघ २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =