बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

हिमाल प्रेस १८ माघ २०८० १७:१८
56
SHARES
बाँसबारी प्रकरण : पक्राउ परेका चौधरीसहितलाई चार दिनको म्याद थप

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि चार दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यो प्रकरणमा अहिलेसम्म चौधरी, थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरिसकेको छ। सीआइबी प्रमुख किरण बज्राचार्यका अनुसार पक्राउ परेकाहरूमाथि १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ गरिएको हो।

चौधरीको द चाँदवाग स्कुलले १० रोपनी जग्गा हडपेको आरोप छ। यसबारे अख्तियारले पनि छानबिन गरिरहेको छ।

बाँसबारी प्रकरण : चौधरी र थापालाई सरकारी वकिलको कार्यालय लगियो

बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ

प्रकाशित: १८ माघ २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =