संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो

हिमाल प्रेस १९ माघ २०८० १६:३५
48
SHARES
संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा नेपालका एकमात्र डलर अर्बपति उद्योगी विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अपचलनको आरोपमा आफ्ना भाइ अरुणलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्। पार्टीको संसदीय दलको बैठकमा बोल्दै चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साँधेको बताएका हुन्।

उनले बैठकमा भने, ‘कारखानाको जग्गा विधि र प्रक्रियासंगत लिएको हो। अहिले सरकार सरकारले व्यापारीमाथि प्रतिशोध साँधेको छ।’

बाँसकारीको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा चौधरी ग्रुपका अरुणसहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो। प्रहरीले अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १९ माघ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =