कहिले गर्छ कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन?

हिमाल प्रेस ११ कार्तिक २०८३ ११:१३ | Wednesday, October 28, 2026
8
SHARES
कहिले गर्छ कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन?

काठमाडौँ– नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ। नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म गरिसक्ने तर, मिति केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए।

गत असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेको कांग्रेसले त्यो बेला जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर मातहतका अरू अधिवेशन मात्रै गरेको थियो । वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो ।

केन्द्रको महाधिवेशनका लागि आवश्यक पर्ने अधिवेशन गरेर नपर्ने अधिवेशनलाई समयको चापका कारण कांग्रेसले महाधिवेशन पछिका लागि राखेको थियो ।

एउटा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन गर्न बाँकी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन गरिएको हो ।

प्रकाशित: ११ कार्तिक २०८३ ११:१३ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast