काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शुक्रबार (कात्तिक १३) बस्ने भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम भने कात्तिक १२ गते तय गरिएको छ । त्यसको भोलिपल्ट पहिलो बैठक बस्न लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार, नवनिर्वाचित सभापति गगनकुमार थापाले पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्नेछ ।
यसअघि केन्द्रीय निर्वाचन समितिका सभापति प्रेमबहादुर खड्काले सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । बाँकी पदाधिकारी तथा सदस्यहरूलाई सभापति थापाले शपथग्रहण गराउने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
प्रकाशित: १० कार्तिक २०८३ १३:४३ | Tuesday, October 27, 2026
प्रतिक्रिया



