काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रम आउँदो बिहीबार (कात्तिक १२) हुने भएको छ । कात्तिक १२ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथमा बोलाइएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनले केन्द्रीय कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यलाई शपथग्रहण गराउनेछन् ।
प्रकाशित: ९ कार्तिक २०८३ १२:१६ | Monday, October 26, 2026
प्रतिक्रिया



