सन्धिखर्कमा आगलागी

हिमाल प्रेस ९ कार्तिक २०८३ १२:२० | Monday, October 26, 2026
8
SHARES
सन्धिखर्कमा आगलागी

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कमा आज बिहान एक घरमा आगलागी भएको छ । सन्धिखर्क नगरपालिका–१, बैंक रोडस्थित महानन्द पोखरेलको घरमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी दिवस जिसीले आगो नियन्त्रणमा आइसकेको जानकारी दिए। नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०८३ १२:२० | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast