बाबुको हत्या आरोपमा छोरा पक्राउ

हिमाल प्रेस ९ कार्तिक २०८३ १२:५४ | Monday, October 26, 2026
2
SHARE
बाबुको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ– बर्दिया हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजापुर नगरपालिका–३, सेन्द्राका राजेन्द्र थारू छन्।

आफ्नै बुवा ५० वर्षीय कालुराम थारूको हत्या गरेको उनीमाथि आरोप छ। आइतबार (कात्तिक ८) राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्रले कुटपिट गर्दा कालुराम गम्भीर घाइते भएका भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट घाइते कालुरामको उपचारका क्रममा बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा सोमबार (कात्तिक ९) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ९ कार्तिक २०८३ १२:५४ | Monday, October 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast