कात्तिक १२ मा लिँदैछन् कांग्रेसका पदाधिकारीले शपथ

हिमाल प्रेस ८ कार्तिक २०८३ ११:१८ | Sunday, October 25, 2026
8
SHARES
कात्तिक १२ मा लिँदैछन् कांग्रेसका पदाधिकारीले शपथ

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ। सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् ।

गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । त्यो केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाले पद तथा गोपनीयताको शपथ लिएका छैनन् । निर्वाचित भएको प्रमाणपत्र पनि पाएका छैनन् ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापति बाहेकका पदाधिकारी र सदस्यको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भइरहेको जानकारी दिए । निश्चित भने भइनसकेको उनको भनाइ छ ।

वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कहिले गर्ने भन्नेमा निश्चित नभएको कटुवालले बताए । शर्मा आज फर्किएपछि समय निश्चित हुनेछ ।

 

प्रकाशित: ८ कार्तिक २०८३ ११:१८ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast