कांग्रेस महाधिवेशन : आदिबासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुरसिंहको फराकिलो अग्रता

हिमाल प्रेस २८ असोज २०८३ ८:०६ | Wednesday, October 14, 2026
16
SHARES
कांग्रेस महाधिवेशन : आदिबासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुरसिंहको फराकिलो अग्रता

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको आदिबासी जनजातितर्फको एक सहमहामन्त्री पदमा बहादुर सिंह लामा (तामाङ)ले फराकिलो अग्रता लिएका छन्।

हालसम्म ६९ सय ९५ मत गन्दा लामाले ३२ सय ४५ मत ल्याएका छन्। दोस्रोमा ओम बहादुर घर्ती मगरले १४ सय ४६ मत, तेस्रोमा तारामान गुरुङ ८६३ मत, दिलमान पाख्रीन ६२२ र प्रशान्त मान सिंह मास्के २४६ मत ल्याएका छन्।

लामाले हालसम्म १७ सय ६९ मतले अग्रता लिएका छन्। मतगणना जारी छ। कांग्रेसको १५ औँ महाधिवेशन गएको असोज १८ मा काठमाडौँमा भएको थियो।

प्रकाशित: २८ असोज २०८३ ८:०६ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast