कांग्रेस महामन्त्रीमा दोहोरिन नसकेपछि गुरु घिमिरेले के भने?

हिमाल प्रेस २६ असोज २०८३ ९:०८ | Monday, October 12, 2026
32
SHARES
कांग्रेस महामन्त्रीमा दोहोरिन नसकेपछि गुरु घिमिरेले के भने? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरुराज घिमिरेले आफ्नो राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन्।

उनले महाधिवेशनमा आफूलाई विश्वास गरेर मत दिने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै पार्टी रूपान्तरणको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

घिमिरेले महामन्त्री पदमा आफूलाई प्राप्त १ हजार ५१३ मतलाई संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन्।

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो।’

उनले अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढ्नुपर्ने बताएका छन् । निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरणलाई राजनीतिको प्रमुख आधार बनाउने उनको भनाइ छ।

घिमिरेले महाधिवेशनबाट निर्वाचित उपसभापति तथा महामन्त्रीहरूलाई बधाई दिँदै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने बताएका छन्। घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। तर नियमित महाधिवेशनमा उनले पराजित भए।

प्रकाशित: २६ असोज २०८३ ९:०८ | Monday, October 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast