एनपीएल

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

हिमाल प्रेस १० कार्तिक २०८३ १४:१३ | Tuesday, October 27, 2026
18
SHARES
चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। आन्द्रे रसेलको बलमा बोल्ड हुनुअघि मलानले टोलीलाई बलियो योगफलतर्फ अघि बढाएका थिए।

रवि बोपाराले ३२ तथा डीआर मुस्लीले २९ रनको योगदान दिए। देव खनालले १२ र अर्जुन साउदले ३ रन बनाए।

विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक एक विकेट लिए। विराटनगरका नेपाली बलर भने विकेटविहीन रहे।

सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। प्रतिश जिसीले ३ ओभरमा २२ रन दिए भने शुभम रञ्जनेले एक ओभरमा १७ रन खर्चिए।

१५८ रनको लक्ष्य पछ्याउन विराटनगरले अब जवाफी ब्याटिङ गर्नेछ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो।

आजै हुने दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

प्रकाशित: १० कार्तिक २०८३ १४:१३ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast