मलानको अर्धशतकमा विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

हिमाल प्रेस १० कार्तिक २०८३ १४:१५ | Tuesday, October 27, 2026
मलानको अर्धशतकमा विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई चितवन राइनोजले १५८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनको चुनौतीपुर्ण लक्ष्यमा इङ्ल्यान्डका डाविड मलानले ७० रनको योगदान दिए। आन्द्रे रसेलले बोल्ड गर्नुअघि उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे। देव खनाल १२ र अर्जुन साउदले ३ रन बनाए।

रवि बोपारा ३२ र डिआर मुस्लीले २९ रनको योगदान गरे।

विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज, आन्द्रे रसेलले एक÷एक विकेट लिए। पहिलो खेलमा नेपाली बलर विकेटबिहिन भए। सन्दिप लामिछानेले ४ ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। प्रतिश जिसीले ३ ओभरमा २२ रन दिए। सुभम रन्जनेले एक ओभरमा १७ रन खर्चिए।

अब केहीबेरमा बिराटनगरले जवाफी ब्याटिङ गर्नेछ। यसअघि पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ।

आजै दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्टस् भिड्दै छन्।

प्रकाशित: १० कार्तिक २०८३ १४:१५ | Tuesday, October 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast