प्रधानसेनापति सिग्देलद्वारा उपरथी र महासेनानीहरूलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस ११ कार्तिक २०८३ १२:०१ | Wednesday, October 28, 2026
20
SHARES
प्रधानसेनापति सिग्देलद्वारा उपरथी र महासेनानीहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गीअड्डमा आयोजित एक विशेष कार्यक्रमकाबीच पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिअनुसार असोज २२ गतेबाट उपरथी पदमा पदोन्नति भएका सहायक रथी पूर्णबहादुर खत्रीलाई बुधबार प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

त्यस्तै, सोही अवसरमा प्रधानसेनापतिले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

जङ्गीअड्डमा आयोजित उक्त दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा रथीवृन्द, अधिकृतहरूसँगै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १२:०१ | Wednesday, October 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast