काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण १५औँ डफ्फालाई बदली गर्न नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन्।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०४ जना नेपाली शान्ति सैनिक बुधबार राति स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन्।
प्रकाशित: २९ असोज २०८३ १३:१४ | Thursday, October 15, 2026
प्रतिक्रिया




