बेलायत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

हिमाल प्रेस २८ असोज २०८३ १७:२४ | Wednesday, October 14, 2026
4
SHARES
बेलायत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनी बुधबार स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रथी प्रदीपजंग केसीले स्वागत गरेका थिए।

बेलायत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका सेनाध्यक्ष सर रोली वाल्करलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए। सो क्रममा उनले बेलायतस्थित इन्फन्ट्री ब्याटल स्कुलको समेत भ्रमण गरेका थिए।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२६’ को निरीक्षण गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई उनले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभन गरेका थिए।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापतिको यस भ्रमणले नेपाल र बेलायतबीच सदियौँदेखि रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ र मजबुत बनाउन सहयोग पुग्नेछ।

सातदिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल यही असोज १९ गते बेलायत पुगेका थिए।

प्रकाशित: २८ असोज २०८३ १७:२४ | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast