प्रधानसेनापतिको बेलायत भ्रमण : बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

हिमाल प्रेस २२ असोज २०८३ १६:३७ | Thursday, October 8, 2026
2
SHARE
प्रधानसेनापतिको बेलायत भ्रमण : बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौँ‍- प्रधानसेनापति अशोकराज सिग्देलले बेलायत भ्रमणका क्रममा बेलायती सेनाका उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ (सीजीएस) जनरल सर रोली वाल्करको निमन्त्रणामा प्रधानसेनापति सिग्देल असोज १९ गतेदेखि संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका छन्।

भ्रमणका क्रममा असोज २० गते उनले बेलायती सेनाका डेपुटी चिफ अफ डिफेन्स स्टाफ फर मिलिटरी, स्ट्राटेजी एन्ड अपरेसन तथा मिनिस्टर फर भेटेरन्स एन्ड पिपुल्सअन्तर्गतका संसदीय उपसचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए। सोही अवसरमा उनले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

असोज २१ गते प्रधानसेनापति सिग्देलले बेलायती सेनाको मुख्यालय भ्रमण गरी सीजीएस जनरल सर रोली वाकरसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: २२ असोज २०८३ १६:३७ | Thursday, October 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast