‘राष्ट्रिय मुक्ति क्रान्ति’ का पक्षमा राजेन्द्र महतो

हिमाल प्रेस २६ पुष २०८० १२:३५
20
SHARES
‘राष्ट्रिय मुक्ति क्रान्ति’ का पक्षमा राजेन्द्र महतो

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’को थालनी गर्ने भएका छन्। उनले बाह्य शासनबाट मुक्तिका लागि भन्दै अब क्रान्ति थाल्ने बताएका हुन्। महतोले एक प्रतिवेदन सार्वजनिक गर्दै  ‘उपनिवेश’ परेको र चिर्नका लागि क्रान्ति आवश्यक परेका बताएका छन्। प्रतिवेदनमा नेपालको राजनीतिक अवस्थाको समीक्षा गरिएको छ।

महतोले नेपाली जनता अब परशासित र बहुल राष्ट्रियबाट परचालन हुन नचाहेको बताएका छन्।  उनले ठूला राजनीतिक दलबाट पनि परिवर्तन सम्भव नभएको आरोप लगाएका छन्। कांग्रेसलाई दक्षिणपन्थी, एमाले ढुलमुले र माओवादी विश्वबाटै असफल एजेन्डा बोकेको पार्टीका रूपमा टिप्पणी गरेका छन्।

महतोले राष्ट्रियताको पुनः उत्थान घोषणा अभियान घोषणा गर्ने भएका छन्। यसका लागि गाउँ अथवा इलाकाभित्रका स्वदेशी सभा गठन गर्ने प्रतिवेदनमा उल्लेख छ उनले संघीयतामा संक्रमण बढेको जनाएका छन्। अब परिवर्तनका लागि अग्ररक्षक योद्धा चाहिने महतोको जिकिर छ। माओवादी सशस्त्र विदोहपछिको नेपाली समाजमा देखा परेका असन्तुष्टि र अन्तरविरोधको समाधान निकाल्न सफलता अग्ररक्षक योद्धाले गर्ने जनाएका छन्।

प्रकाशित: २६ पुष २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =