लोसपाको केन्द्रीय समिति बैठक महतो पक्षबाट बहिष्कार

हिमाल प्रेस २४ मंसिर २०८० १२:५४
8
SHARES
लोसपाको केन्द्रीय समिति बैठक महतो पक्षबाट बहिष्कार

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को आज (आइतबार) बाट सुरु हुने केन्द्रीय समिति बैठक वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बहिष्कार गरेको छ।

संस्थापन पक्षले सल्लाहबिना नै केन्द्रीय सदस्यहरू बढाउने/हटाउने गरेकाले महतो पक्षले बहिष्कार गरेको हो। लोसपाको केन्द्रीय कमिटी बैठक आज र भोलि काठमाडौँमा तोकिएको छ। महतो पक्षले बहिष्कार गरे तापनि बैठक सुरु भएको छ।

‘पार्टीमा योगदान पुर्‍याएका साथीहरूलाई हटाइएको छ। हामीलाई थाहै नदिइ।’ महतोले भने,‘मधेश आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तिलाई हटाइएको छ।’

पार्टी संस्थापन एवं अध्यक्ष महन्त ठाकुर पक्षले पुराना कांग्रेस पक्षलाई मात्र पार्टीमा राखेको महतोको आरोप छ।

यसबारे आफूले ३ महिनाअघि नै अध्यक्षलाई जानकारी दिएको तर कार्यान्वयन नभएको महतोले जानकारी दिए। ‘मैले त्यसरी हटाउन मिल्दैन अध्यक्षज्यु भनेको थिए। तर उहाँले मान्नु भएन।’ महतोले भने,‘ त्यसबेला उहाँले म राख्छु, करेक्सन गर्छु भन्नुभयो। आज हेर्दा त्यस्तो भएन।’

यता संस्थापन पक्षले भने आफूहरूलाई यसबारे जानकारी नभएको जनाएको छ। ‘हामीलाई (उहाँ)को बारेमा थाहा भएन। सहभागीहरू आउने क्रम चलिरहेको छ।’लोसपा पार्टी केन्द्रीय कार्यालयका सचिव मनिष मिश्रले भने।

महतोका अनुसार भने पार्टीमा पहिले कांग्रेसबाट आएको पंङित हाबी छ। लोसपाका अध्यक्ष ठाकुर कुनै बेलाका कांग्रेस नेता हुन्।

उनी मधेश आन्दोलनका समयमा कांग्रेस छाड्दै नयाँ दल बनाएका हुन्।

यता महतो भने कुनै बेलाका सद्भावना पार्टीका नेता हुन्। पछिल्लो समय लोसपामा पनि पूर्व कांग्रेसी र पूर्व सद्भावना पार्टीको कित्ताकाट छ।

प्रकाशित: २४ मंसिर २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =