बुटवल- नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पत्रकारको मृत्यु भएको छ।
बुधबार दिउँसो करिब १२:१० बजे हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-१३, भलवारी निवासी अन्दाजी ४० वर्षीय पाेषकान्त पोखरेल भएकाेमा उपचारका क्रममा मृत्यु भएकाे नेपाल प्रहरीले जनाएको छ। जिल्ला अस्पताल परासी पठाइएकोमा दिउँसो १२:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका-६ निवासी २६ वर्षीय बन्धु राना तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।



