लोसपा बैठक : यस्ता छन् एजेन्डा

हिमाल प्रेस २४ मंसिर २०८० १३:४१
6
SHARES
लोसपा बैठक : यस्ता छन् एजेन्डा लोकतान्त्रिक समाजवादी पार्टीको आइतबार बसेको बैठकमा सहभागी नेता। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- राजेन्द्र महतो पक्षले बहिष्कार गरे पनि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। काठमाडौँको अनुपम फुडल्यान्डमा सुरु भएको बैठकमा अध्यक्ष महन्थ ठाकुरले विभिन्न प्रस्ताव  पेस गरेका छन्। ठाकुरको प्रस्तावमा राष्ट्रियसभा निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने, पुसको दोस्रो साताभित्र मधेश प्रदेशमा विस्तारित केन्द्रीय समितिको बैठक गर्ने, पार्टीलाई आत्मनिर्भर बनाउन ‘लेभी निर्धारण कार्यदल’ले तयार पारेको प्रस्तावित लेभीको प्रतिवेदन अनुमोदन एवम् कार्यान्वयन गर्ने रहेका छन्।

यस्तै पार्टीको राजनीतिक कार्यदिशासम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्न नाम प्रस्ताव गरिएको छ। कार्यदलमा वरिष्ठ सहअध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, सहमहासचिव १ जना रहने प्रस्ताव गरिएको छ। पार्टीको संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्ने पनि प्रस्ताव गरिएको छ। जसमा वरिष्ठ उपाध्यक्ष २, उपाध्यक्ष २, महासचिव २, सहमहासचिव १, सचिव १, कोषाध्यक्ष १ रहने प्रस्ताव गरिएको छ।

अध्यक्ष ठाकुरले पार्टीको भ्रातृ संगठन, विभागको संख्या निर्धारण सम्बन्धमा पार्टीको विधानबमोजिम प्रतिवेदन तयार गरी इन्चार्ज/सहइन्चार्ज तोक्न गृहकार्य गर्ने सम्बन्धी कार्यदल गठन गर्न समेत प्रस्ताव गरेका छन्। यस्तै पार्टीको खाता सन्चालन सम्बन्धमामा अध्यक्ष एवम् कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ।

लोसपाको केन्द्रीय समिति बैठक महतो पक्षबाट बहिष्कार

प्रकाशित: २४ मंसिर २०८० १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =