क्रिकेट विश्वकप २०२३ : इग्ल्याण्डले न्युजिल्याण्डलाई दियो २८३ रनको लक्ष्य

हिमाल प्रेस १८ असोज २०८० १८:०६
10
SHARES
क्रिकेट विश्वकप २०२३ : इग्ल्याण्डले न्युजिल्याण्डलाई दियो २८३ रनको लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ को उद्घाटन खेलमा न्युजिल्याण्डलाई इग्ल्याण्डले २८३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएपछि न्युजिल्याण्डले २८३ रनको लक्ष्य पाएको हो।

इग्ल्याण्डका लागि जो रूटले ८६ बलमा ७७ रनको योगदान दिए। उनले ४ चौका र १ छक्काको मद्दतमा ७७ रन बनाएका हुन्। त्यस्तै जोस बट्लरले ४२ बलमा ४३ रनको योगदानमा इग्ल्याण्डले उक्त स्कोर बनाएको हो।

भारतमा बिहीबारदेखि नै विश्वकप प्रतियोगिता सुरु भएको हो। गुजरातस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा भएको न्युजिल्याण्ड र इग्ल्याण्डबीचको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

विश्वकप २०१९ को फाइनलमा दुवै टिमबीच सुपर ओभरमा समेत कडा प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: १८ असोज २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =