क्रिकेट विश्वकप : श्रीलंकाका म्याथ्युज नाटकीय रूपमा आउट, बंगलादेशको चर्को आलोचना

हिमाल प्रेस २० कार्तिक २०८० १७:५०
20
SHARES
क्रिकेट विश्वकप : श्रीलंकाका म्याथ्युज नाटकीय रूपमा आउट, बंगलादेशको चर्को आलोचना

काठमाडौँ- आईसीसी एक दिवसीय विश्वकप २०२३ मा बंगलादेशसँग खेलिरहेको श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ। दिल्लीको अरुण जेटली मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३‍.४ ओभरमा ६ विकेट गुमाएर २४७ रन बनाएको छ।

यस क्रममा श्रीलंकाका मध्यक्रमका ब्याटर एन्जेलो म्याथ्युज नाटकीय रूपमा आउट भएका छन्। उनलाई अम्पायरले ‘टाइम आउट’का रूपमा आउट दिएका छन्। म्याथ्युज कुनै बल नखेलि प्याविलियन फर्के। खासमा श्रीलंकाका सादिरा समराविक्रमा आउट भएपछि म्याथ्यु ब्याटिङ गर्न मैदानमा आएका थिए। तर हेल्मेट मिलाउन नसक्दा निर्धारित समयमा बल फेस गर्न सकेनन्।

एउटा खेलाडी आउट भएपछि ब्याटिङ गर्न आउने खेलाडीले तीन मिनेटभित्रै पहिलो बल फेस गर्नुपर्ने नियम रहेको बताइन्छ।

सो समयभित्र म्याथ्युजले बल फेस गर्न नसकेपछि बंगलादेशी टिमका खेलाडीले टाइम आउटको रूपमा आउट दिन अपिल गरे। सोहीअनुसार अम्पायरले म्याथ्युलाई आउट घोषित गरिदिए।

आउट भएपछि म्याथ्युजले मैदानमा लामो समयसम्म अम्पायरसँग छलफल गरे। तर म्याथ्युजलाई आउट घोषित गरियो। बंगलादेशी टोलीले जे गर्‍यो, त्यसलाई निकै लाजमर्दो भनिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउटका कारण खेलाडीले विकेट गुमाएको यो पहिलो पटक हो।

जब ब‌गलादेशी कप्तान शकिब अल हसनले टाइम आउटका लागि अपिल गरे, अम्पायर पनि छक्क परे। अम्पायरले शकिबलाई साँच्चै टाइम आउटका लागि अपिल गर्न चाहेको हो भनेर सोधे पनि।

यसमा बंगलादेशी टोलीका खेलाडीले शकिबसँग सहमति जनाएपछि अम्पायरले उनलाई आउट दिए। बंगलादेशी टोली गरेको अपिले देखेर एन्जेलो म्याथ्युज मात्र हैन, श्रीलंकाको डगआउटमा बसेका सपोर्ट स्टाफका सदस्यहरू पनि चकित परे।

खेल भावनाविपरित

शकिब अल हसनले जे गरे त्यसलाई खेल भावनाविपरीत भनिएको छ। क्रिकेट खेलमा खेलाडीले कहिले ब्याट, कहिले पञ्जा र कहिले हेल्मेट डगआउटबाट लिन्छन्।

जसका कारण खेल ढिलो हुन्छ तर यसका लागि कुनै अपिल र कुनै खेलाडीलाई बर्खास्त गर्न माग गरेको देखिएको छैन। त्यसैले यो खेल भावनाविपरीत भएको भन्दै सामाजिक सञ्जालमा बंगलादेशी टिमको चर्को आलोचना भइरहेको छ।

प्रकाशित: २० कार्तिक २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =