आईसीसी क्रिकेट विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दैछन् दुई पाहुना टोली

हिमाल प्रेस ७ फागुन २०८० ९:०४
24
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग-२ : कीर्तिपुरमा भिड्दैछन् दुई पाहुना टोली

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान सवा नौ बजे सुरु हुनेछ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस श्रृ‌ंखलामा विजयी सुरुवात गरेको छ भने नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार ब्यहोरेर दोस्रो खेल खेल्दैछ।

लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन्। लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुने छन्।

हालसम्म नामिबियाको २ अंक छ भने नेदरल्यान्ड्सको शून्य अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =