आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

हिमाल प्रेस ५ फागुन २०८० १४:०२
26
SHARES
आईसीसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पारेको छ।

शनिबार नेदरल्यान्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

नेपालका अनिलकुमार शाहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे। पहिलो इनिइङमा नेपालको घातक बलिङसँगै नेदरल्यान्ड्स कमजोरमा समेटिएको थियो।

नेपालका लागि कुशल भुर्तेलले एक्लै ४ विकेट झार्दा, ललित राजवंशीले २ फास्टबलर सोमपाल कामी र कप्तान रोहित पौडेलले समान १–१ विकेट निकालेका थिए।

नेदरल्यान्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए। उनलाई भुर्तेलले बोल्ड गरेका थिए।

बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए। अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन।

भुर्तेलको कुशल बलिङका बाबजुत नेदरल्याण्ड्स १३७ रनमा सीमित

नेपाल टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङमा, दीपेन्द्र प्लेइङ-११ मा, बाहिरिए करण

प्रकाशित: ५ फागुन २०८० १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =