लिग-२ : यूएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

हिमाल प्रेस २८ फागुन २०७९ १३:३३
10
SHARES
लिग-२ : यूएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौँ- कप्तान रोहित पौडेलले एकदिवसीय करियरको आठौँ अर्धशतक प्रहार गरेपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २४९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तगर्तको खेलमा नेपाल ४९.२ ओभरमा २४८ रन बनाएर अलआउट भएको हो।

टस जितेर ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। ओपनर आशिफ शेख पाँच बल खेल्दा रनको खाता नखोली आउट भए। अर्का ओपनर कुशल भुर्तेल आठ रनमा पभेलियन फर्किए। पाँच ओभरभित्र दुवै ओपनर गुमाएको नेपाल कुशल मल्ल पनि सस्तैमा समेटिएपछि झन् अप्ठ्यारोमा परेको थिए।

कुशल मल्ल जुनैद सिद्दिकीको बलमा नौ रन बनाएर आउट हुँदा नेपाल २६/३ को स्थितिमा थियो। कप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ गरेपछि नेपालको इनिङ्स उकालो लागेको थिए। पाँच ओभरको समाप्तिमा १२ रनको स्थितिमा रहेको नेपाललाई उनले १६२ रनमा पुर्‍याएर बाहिरिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान राखेका रोहितले ११२ बल सामना गरेर ७७ रन बनाए। नेपालका लागि यो उनको आठौँ अर्धशतक हो।

घरेलु टिमका लागि दिपेन्द्र सिंह ऐरीले पनि आक्रामक ब्याटिङ गरे। ४३ औँ ओभरमा आरिफ शेख आउट हुँदा १९२/६ को स्थितिमा रहेको नेपाल दिपेन्द्रको आगमनसँगै प्रतिस्पर्धात्मक योगफलतर्फ अघि बढेको थियो। उनले १९ बलमा दुई छक्का र तीन चौकासहित ३४ रन बटुले।

नेपालका लागि उल्लेखनीय रन जोड्ने अन्य खेलाडीमा आरिफ शेख र गुल्झन झा रहे। आरिफले ५२ बलमा ४३ र गुल्शनले ३२ बल सामना गरेर ३७ रनक जोडे। त्सैगरी भीम शार्कीको नाममा २९ रन रह्यो।

यूएईका जवार फारिदले नौ रन खर्चिएर दुई विकेट हात पारे। उनीबाहेक जाहुर खान, आयान अफ्जल खान र रोहन मुस्ताफाले पनि दुई–दुई विकेट हात पारे। त्यसैगरी आर्यान लक्रा र जुनैद सिद्दिकीको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: २८ फागुन २०७९ १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =