नेपाल टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङमा, दीपेन्द्र प्लेइङ-११ मा, बाहिरिए करण

हिमाल प्रेस ५ फागुन २०८० ८:५४
42
SHARES
नेपाल टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङमा, दीपेन्द्र प्लेइङ-११ मा, बाहिरिए करण

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको नेदरल्यान्ड्सविरुद्धको श्रृंखलामा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। करण केसी र पवन सरार्फ बाहिर भएका छन्। दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन्।

पछिल्लो पटक गत जुनमा जिम्बावेमा सम्पन्न आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो।

प्रकाशित: ५ फागुन २०८० ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =