टस जितेर ब्याटिङ गरेको भारतको राम्रो सुरुवात

हिमाल प्रेस २९ कार्तिक २०८० १५:३३
6
SHARES
टस जितेर ब्याटिङ गरेको भारतको राम्रो सुरुवात

काठमाडौँ- क्रिकेट विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा न्युजल्यान्डसँग खेलिरहेको भारतले राम्रो सुरुवात गरेको छ। मुम्बईको वानखडे मैदानमा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले राम्रो सुरुवात गरेको हो। भारतले १५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ११८ रन बनाएको छ।

उसका लागि कप्तान रोहित शर्मा २९ बलमा ४७ रन बनाएर आउट भएका छन्। अर्का ओपनर शुभमन गिल ४४ बलामा ५२ रन तथा विराट कोहली १७ बलमा १६ रन बनाएर खेलिरहेका छन्।

यसअघि २०१९ को विश्वकपको समेफिाइनलमा पनि दुवै टिम भिडेका थिए। न्युजिल्याण्डले भारतलाई हराएर फाइनलमा पुगेको थियो। आज भइरहेको सेमिफाइनलमा भारतले जितेर त्यसैको बदला लिने भारतीय मिडियाले चर्चा गरिरहेका छन्।

विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा ‘ब्रेक’ लाउने दाउमा न्युजिल्यान्ड

प्रकाशित: २९ कार्तिक २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =