पोखराको फुस्रे खोलामा भेटियो थप एक बालकको शव

हिमाल प्रेस २३ वैशाख २०८१ १९:५०
42
SHARES
पोखराको फुस्रे खोलामा भेटियो थप एक बालकको शव प्रतीकात्मक तस्बिर।

पोखरा- पोखराको फुस्रे खोलामा आइतबार साँझ थप एउटा शव भेटिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले सो शव निकालेको हो।

शवको पहिचान भने हुन सकेको छैन। अन्दाजी १५ वर्षीय ती बालक अपराह्न ४ बजेतिर डुबेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि आइतबार नै १४ वर्षीय बालकको शव फेला परको थियो। मृत्यु हुनेमा पोखरा-५, मालेपाटनका १४ वर्षीय सोनाम सुवेदी हुन्।

पोखरा-१८, खपौदीस्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए।

सोनाम डुबेको थाहा पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*अपडेट गरिएको समाचार

प्रकाशित: २३ वैशाख २०८१ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =