जलाउन ठिक्क पारेको शव प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ११ असोज २०८० १३:५०
20
SHARES
जलाउन ठिक्क पारेको शव प्रहरी नियन्त्रणमा प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- जलाउन ठिक्क पारिएको शव सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका २१ वर्षीया मनिषा साहको शव चिताबाटै प्रहरीले बुधबार नियन्त्रणमा हो।

शव शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए। शवसँगै मनिषाका श्रीमान् सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई नियन्त्रणमा लिएर अनुसनधान अघि बढाइएको एसपी सुवेदीले जानकारी दिए।

मनिषाले आत्महत्या गरेको दाबी गर्दै बुधबार शव जलाउनका लागि मनुषमारा घाटस्थित चितामा समेत राखिएको थियो। तर मनिषाका आफन्तले आत्महत्या नभई हत्या भएको हुन सक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेपछि शव नियन्त्रणमा लिइएको हो।

मनिषाको आफन्तको रोहबरमा पोस्टमार्टमको तयारी भइरहेको एसपी सुवेदीले बताए।

प्रकाशित: ११ असोज २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =