तनहुँमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला

हिमाल प्रेस १ साउन २०८० २०:४१
52
SHARES
तनहुँमा पानीमा तैरिरहेको अवस्थामा महिलाको शव फेला प्रतीकात्मक तस्बिर।

तनहुँ- तनहुँको व्यास नगरपालिका-१३, बेलबासस्थित मादीसेती नदीको किनारमा एक महिलाको शव भेटिएको छ। मादीसेती नदीको संगमस्थलभन्दा करिब सात सय मिटर तल नदी किनारमा करिब ४०/४५ वर्षकी महिलाको बेवारिसे शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

नामथर, वतन केही पनि नखुलेको महिलाको शव असार ३० गते दिउँसो नदीको पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

हालसम्म मृतक महिलाको सनाखतका लागि कहीँ कतैबाट आफन्त प्रहरी कार्यालयको सम्पर्कमा नआएको भन्दै प्रहरीले आफन्त तथा परिवारजनलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: १ साउन २०८० २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =