मोटरसाइकलसहित एक जनाको शव पुलमुनि फेला

हिमाल प्रेस २६ फागुन २०८० १८:३८
40
SHARES
मोटरसाइकलसहित एक जनाको शव पुलमुनि फेला प्रतीकात्मक तस्बिर।

सप्तरी‍- कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एकजना पुरुषको शव आज फेला परेको छ। जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ।

पुलमुनि शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८० १८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =