गण्डकीमा एमालेबाट पुरानै मन्त्री थपिँदै

हिमाल प्रेस २४ वैशाख २०८१ १६:१७
12
SHARES
गण्डकीमा एमालेबाट पुरानै मन्त्री थपिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल बिस्तार गर्दैछन्। त्यसका लागि सोमबार दिउँसो साढे ४ बजे पोखरा सभागृहमा सपथ ग्रहणको तयारी छ। उनले एमालेनिकट सीता सुन्दास र वेदबहादुर गुरुङ ‘श्याम’ लाई आफ्नो क्याबिनेटमा लैजान लागेका हुन्। अधिकारीको अघिल्लो कार्यकालमा पनि दुवै जना मन्त्री थिए।

स्याङ्जाकी सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र कास्कीका वेदबहादुरलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिन लागिएको हो। उनी दुवै जना अधिकारीनिकट मानिन्छन्।

गत २५ चैतमा नेपालको संविधान धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्ति भएको दिन मुख्यमन्त्री अधिकारीले ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए। त्यसबेला माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेकोमा उनीहरुलाई पछि क्रमशः अर्थ र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

६० सदस्यीय प्रदेशसभा रहेको गण्डकीमा २० प्रतिशत अर्थात् १२ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २४ वैशाख २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =