पार्टी विभाजन नभएको उपेन्द्र यादव पक्षको दाबी

हिमाल प्रेस २४ वैशाख २०८१ १७:०८
26
SHARES
पार्टी विभाजन नभएको उपेन्द्र यादव पक्षको दाबी

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) काे उपेन्द्र यादव पक्षले पार्टी विभाजन नभएको दाबी गरेको छ। प्रवक्तासमेत रहेका यादव पक्षीय नेता मनिषकुमार सुमनले सोमबार विज्ञप्ति जारी गरी सो दाबी गरेका हुन्।

हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै सुमनले पार्टी विभाजन नभएको दाबी गरेका छन्।

केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको दाबीसमेत उनले गरेका छन्।

‘जनता समाजवादी पार्टी, नेपाल सम्बन्धमा विभिन्न सञ्चार माध्यममा विभाजन भन्ने समाचारप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको अवस्था केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ,’ उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ। १२ जनामध्ये राईलाई सातजना सांसदले साथ दिएका छन्।

प्रकाशित: २४ वैशाख २०८१ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =