धार्मिक-सामाजिक सद्‍भाव भड्काउने गतिविधि कसैको हितमा छैन : कांग्रेस

हिमाल प्रेस ९ भदौ २०८० १७:५८
16
SHARES
धार्मिक-सामाजिक सद्‍भाव भड्काउने गतिविधि कसैको हितमा छैन : कांग्रेस फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले धरानमा भएको धार्मिक तथा सामाजिक सद्‍भाव भड्काउने प्रयासप्रति ध्यानाकर्षण भएको बताएको छ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवादे विज्ञप्ति जारी गर्दै धरानमा भएको धार्मिक , सांस्कृतिक तथा सामाजिक एकता र सद्‍भावमा खलल पुर्‍याउन सक्ने विषयले कांग्रेसलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।

नेपाली समाज परापूर्वकालदेखि आपसी सम्मान र गहिरो सद्‍भावले मिलेर बसेको उल्लेख गर्दै देउवाले विकासका लागिसमेत हातेमालो गर्दै आएको समाजमा कसैको धर्म, संस्कृतिप्रति कसैले खलल पुर्‍याउन उचित नहुने बताएका छन्।

‘नेपालीको भावना र चाहनाविपरित धार्मिक–सामाजिक भड्काउने गतिविधि हामी कसैको हितमा छैन, हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’

सद्‍भाव खोजिरहेको धरान

कोणसभासहित सकियो इटहरीमा सद्‍भाव र्‍याली

प्रकाशित: ९ भदौ २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =