‘ग्लोबल साउथ’ रंगभेद विरुद्धको आन्दोलन हो : मोदी

हिमाल प्रेस ७ भदौ २०८० १९:०१
8
SHARES
‘ग्लोबल साउथ’ रंगभेद विरुद्धको आन्दोलन हो : मोदी

जोहानेसबर्ग- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रंगभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन्।

दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स-अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए।

‘अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु। पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौँ,’ उनले भने, ‘उहाँहरूलाई महत्त्व दिनु अहिलेको पुस्ताको आवश्यकता हो भन्ने हाम्रो मान्यता हो। हामीले ब्रिक्सको विस्तारमा पनि निर्णय गरेका छौँ। हामी सबै नयाँ साझेदार देशहरूलाई स्वागत गर्दछौँ। यो विश्वव्यापी संस्था र मञ्चलाई प्रतिस्पर्धी बनाउने दिशामा अर्को कदम हो।’

प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी भूमिमा महात्मा गान्धीले भारतको स्वतन्त्रता संग्राममा प्रयोग गरिएको अहिंसा र शान्तिपूर्ण प्रतिरोधको अवधारणाको विकास, परीक्षण गरेको स्मरण गरे।

ब्रिक्स र आज उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने उनले बताए। प्रधानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै संगठन विस्तारमा भारतले सदैव समर्थन गरेको बताए। रासस/एएनआई

प्रकाशित: ७ भदौ २०८० १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =