सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस २० जेठ २०८० १२:४४
4
SHARES
सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह फाइल तस्बिर।

इन्दौर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्। भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो आग्रह गरेका हुन्।

‘टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ। लगानी गर्नुस् त्यसका लागि नेपाल सरकार सहजीकरण गर्न तयार छ,’ उनले भने।

अवलोकनका क्रममा उनले सो क्षेत्रमा सुनाखरीको बिरुवा रोपेका छन्। सोही क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे।

‘नेपालको आइटी सेक्टरमा जनशक्ति पर्याप्त छ। लगानी गर्न आउनुस् हामी स्वागतका लागि आतुर छौं,’ उनले भने।

भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ। उक्त कम्पनीमा ६ लाख बढी कर्मचारी आबद्ध छन्। इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरूसहित नेपाली प्रतिनिधिमण्डल सो क्षेत्रमा गएको हो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दौर पुगेका हुन्। प्रधानमन्त्री शनिबार (आज) साँझ स्वदेश फर्कंने कार्यसूची छ।-रासस

प्रकाशित: २० जेठ २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =