भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

हिमाल प्रेस २० जेठ २०८० १२:१३
10
SHARES
भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार (आज) स्वदेश फर्किंदैछन्। बुधबार भारत भ्रमण गएका प्रचण्ड आज स्वदेश फर्किंने कार्यसूची छ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन्। उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण गरी दिल्ली फर्किने छन्। दिल्लीबाट अपराह्न ४ : २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्कने तयारी छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्तरीय भेटवार्तासहित विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौताहरू भएका छन्। प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतसँग भेटवार्ता गरेका छन्।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र छोरी गंगा दाहाल सहभागी छन्।

प्रकाशित: २० जेठ २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =