भारतीय समकक्षी मोदीकी आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्डले गरे दुःख व्यक्त

हिमाल प्रेस १५ पुष २०७९ १२:१६
10
SHARES
भारतीय समकक्षी मोदीकी आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्डले गरे दुःख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीकी माता हिराबा मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री मोदी र उनको परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

साथै प्रधानमन्त्री दाहालले दिवंगत हिराबाको आत्माको चिरशान्तिको कामनासमेत गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो।

प्रकाशित: १५ पुष २०७९ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =