फेरि कम्युनिस्ट एकता आवश्यक : प्रधानमन्त्री

हिमाल प्रेस १० वैशाख २०८१ ११:२५
2
SHARE
फेरि कम्युनिस्ट एकता आवश्यक : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरूको पुनः वाम एकता हुने संकेत गरेका छन्।

सोमबार नेकपा एमालेको पार्टीक केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन्।

उनले कम्युनिस्टहरूलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उनले राम्रो कामका लागि प्रयास जारी राख्ने बताए।

उनले कम्युनिस्टहरूको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए।

उनले राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताए।

उनले समाजवाद नै अबको क्रान्तिको बाटो भएको बताए।

उनले कम्युनिस्टहरू कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए। उनले चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको बताए।

 

प्रकाशित: १० वैशाख २०८१ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =